News & Events

घलेगाउँमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

April 6, 2023 12:55 p.m.
घलेगाउँमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

मर्स्याङदी समाचार, ४ चैत । 
लमजुङको घलेगाउँमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने भएको छ ।  

 

पर्यटकिय घलेगाउँको पर्यटन प्रवद्र्धनको लागि पर्यटन व्यवस्थापन समिती स्मार्ट भिलेज घलेगाउँले आगामी बैशाख १ गते घलेगाउँ प्रथम आमन्त्रित गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । समितिले शुक्रबार बेसीशहरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वारे जानकारी गराएको छ । 


क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ३ घलेगाउँस्थित स्वर्गभूमि रंगशालामा हुने उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले ५ लाख ५ सय ५५ रुपैयाँ गोल्डकप र मेडल पाउनेछन् । प्रतियोगिताको द्धितिय पुरस्कार राशि ३ लाख ३ सय ५५ रुपैयाँ रहेको छ । त्यसैगरी प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीले नगद १०÷१० हजार र मेडल पाउनेछन् । अहिलेसम्म जिल्लामा सबैभन्दा ठूलो पुरस्कार राशिको फुटबल प्रतियोगिता त्रिवेणी कप रहेकोमा अव घलेगाउँमा हुने प्रतियोगिता हुने भएको छ । त्रिवेणि कपको प्रथम पुरस्कार राशी ५ लाख रहेकोमा ५ सय ५५ वढी रहेको घलेगाउँ प्रथम आमन्त्रित गोल्ड कप सर्वाधिक पुरस्कार राशिको भएको छ । 


सम्मेलनमा पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष एवं घलेगाउँ होमस्टेका परिकल्पनाकार प्रेमबहादुर घलेले प्रतियोगिता तथा समितिका गतिविधिवारे जानकारी गराउदै अघिल्लो वर्षहरुमा घलेगाउँ महोत्सव गर्दै आए पनि कोरोना संक्रमण जोखिमपछि भने पर्यटनलाई थप उचाइमा पु¥याउन फुटबल प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । क्व्होलासोंथर गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहनुभएका घलेले घलेगाउँले पर्यटनमा विभिन्न चरण पार गर्दै आउने क्रममा २०७९ सालमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको प्रमुख अतिथ्यतामा घलेगाउँलाई सुखीगाउँसमेत घोषणा गरिसकेको बताउनुभयो ।


पत्रकार सम्मेलनमा सम्बोधन गर्दै क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले पर्यटनको क्षेत्रमा घलेगाउँले राम्रो नाम राख्न सकेपनि यसलाई अझै उचाइमा पुर्याउन खेल क्षेत्रले सहयोग पुर्याउने बताउनुभयो । खेल क्षेत्रको विकाससँगै खेल र पर्यटनलाई जोड्दै क्व्होलासोंथरलाई नमूना बनाउन आफू र पालिका प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष गुरुङले वताउनुभयो। 
घलेगाउँलाई खेलकुदको माध्यमबाट पर्यटनलाई थप उचाइमा पुर्याउन र यसअघिको फुटबल प्रतियोगितालाई व्यवस्थित बताउन आमन्त्रित फुटबल प्रतियोगिताको आयोजना गरिएको समतिले जनाएको छ ।

 

यस वर्ष खेललाई प्रभावकारी बनाउन नेपालका ठुला क्लबहरुमध्यका जम्मा १० टिमलाइ मात्र सहभागी गराउने समतिले जनाएको छ । प्रतियोगिता सहभागी खेलाडीहरुलाई खाना र बस्नको लागि आयोजकले नै व्यवस्था गर्ने समितिले तयार पारेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । यस वर्ष प्रतियोगितामा कास्की ११, नेपाल भानु युनाइटेड  तनहुँ, समाजकल्याण केलकुद केन्द्र काठमाण्डौ, सशस्त्र प्रहरी क्लब –एपीएफ) काठमाण्डौ, खोरखा ब्वयज बुटवल, रोड्स रामपुर चितवन, लालीगुराँस युवा क्लब भुजुङ, त्रिवेणी युवा क्लब बेसीशहर, बुद्ध युथ क्लब भोटेओडार र बेसीशहर युथ सोसाइटी शेरा गरी जम्मा १० टीमको सहभागीता रहने समितिले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्नका लागि ३० लाख ८० हजार खर्च हुने समितिले जनाएको छ ।


पत्रकार सम्मेलनमा क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष आसविर गुरुङ, गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग बहादुर गुरुङ, स्पोर्ट क्लबका प्रतिनिधि नवराज घले, जिल्ला खेलकुद विकास लमजुङका संयोजक गंगाबहादुर घले, त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङ र पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन समितिका सचिव उमल बहादुर विकले गर्नुभएको थियो ।पत्रकार सम्मेलनमा क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष आसविर गुरुङ, गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग बहादुर गुरुङ, स्पोर्ट क्लबका प्रतिनिधि नवराज घले, जिल्ला खेलकुद विकास लमजुङका संयोजक गंगाबहादुर घले, त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङ र पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन समितिका सचिव उमल बहादुर विकले गर्नुभएको थियो ।